माओवादीद्वारा आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार, बादल गृहममन्त्री

काठमाडौँ, १ ४ फागुन । नेकपा माओवादी केन्द्रले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ ।उच्च राजनीतिक स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ ।
बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए ।
त्यसबेला उत्पन्न प्रधान सेनापति प्रकरणपछि प्रचण्डले राजीनामा गरेका थिए ।त्यसबोहक माओादीका तर्फबाट बादलबाहेक हालसम्म मन्त्रीको सूचिमा मात्रिका यादव, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ ।
माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।