प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रीहरुको नाम भने टुंगो लाग्न बाँकी

काठमाडौं, १४फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ११ दिन पनि ओलीले सरकार विस्तार गर्न लाग्नुभएको हो । उहाँ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी एकतामा सहमत नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्री दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रिपरिषद् विस्तारका विषयलाई लिएर प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

दुई नेताबीचको छलफल पनि उनीहरुले आ–आफ्नो पार्टीभित्र पनि छलफल गरेका थिए ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबण्डा भइसकेको छ ।

अझै टुंगिएन मन्त्री

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन। दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षीमध्ये पनि धेरैले गृह, अर्थजस्ता महŒवपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीले प्रदेशस्तरबाट सम्भावित मन्त्रीहरूको सूची तयार पारेर छनोटको काम बाँकी राखेको छ। एमालेमा पनि अध्यक्ष ओलीले वरिष्ठ नेतासँग परामर्श गरेर नाम तय गर्न थालेका छन्। यद्यपि निर्णयमा भने ओली पनि पुगिसकेका छैनन्।

दुवै पार्टीले सांसदहरूको प्रेसर कम गराउन भए पनि सोमबार मध्यान्ह्सम्म मात्रै नाम फाइनल गर्ने गरी तयारी गरेका छन्।

Promise Education Consultancy