वालश्रम न्यूनीकरण बारे अन्र्तक्रिया

रत्ननगर,१३ फागुन । रत्ननगर नगरपालिकामा सञ्चालित वालश्रम न्यूनीकरण कार्यक्रम अन्र्तगत आईतवार वडा नंं.१४ लाई वालश्रम मुक्त वडा बनाउने विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा सरोकारवालाहरुले वडा नं.१४ लाई आगामी जेठ समान्त भित्र वालश्रम मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । सो कार्यका लागि वडा नं.१४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ संयोजक रहेको वाल संरक्षण समिति गठन गरिएको छ । सो समितिले वडालाई वालश्रम मुक्त घोषणाको लागि अब गर्नुपर्ने सबै काम गर्ने छ । वडा अध्यक्ष श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा सामाजिक परिचालक सन्तोष रेग्मीले वालश्रम न्यूनीकरणका लागि भएका कामहरुका बारेमा जानकारी गराएका थिए । संघका कार्यसमिति सदस्य तथा वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमका सदस्य उपेन्द्र शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जनसम्पर्क अधिकृत मीना खनालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेकी थिईन ।

Promise Education Consultancy