शारदानगर जेसिजको १८ औं पदहस्तान्तरण तथा पदस्थापन

सिर्जना अर्याल
चितवन,१३ फागुन । शारदानगर जेसिजको १८ औं पदहस्तान्तरण तथा पदस्थापन गरीएको छ । वर्ष २०१७ का अध्यक्ष जेसी मंगलध्वज गुरुङले वर्ष २०१८ का अध्यक्ष जेसी प्रदिप कुवँर चौधरीलाई पद हस्तारन्तरण गरे । जेसी प्रदिप कुवँर चौधरी अध्यक्ष रहेको नयां समितीमा कार्यकारी उपाध्यक्ष सन्तोष घिमिरे,अशोक गुरुङ, महासचिव मनिला गुरुङ्ग र कोषाध्यक्ष नत्थुराम मैनाली सहित ११ समितिमा रहेका छन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल,उपमेयर पार्वती शाह, पूर्व केन्द्रिय अध्यक्ष एवम शारदानगर जेसिजका संस्थापक अध्यक्ष महेश दाहाल, पूर्व अध्यक्ष प्रदिपमान वैद्य, पूर्व महासचिव अरुणेश्वर खनाल,, सम्मानित वडाअध्यक्ष मध्यबाट वडा नम्बर २० का वडा अध्यक्ष मणिलाल तामांग, सम्मानित व्यक्तित्व मध्यबाट भगवती अर्याल पाण्डे जेसिज शारदानगरका,निवर्तमान अध्यक्ष गोपाल दराई हरीराज अर्याल अध्यक्ष तुलसीराम पाण्डे ,लगायतले मन्तव्य राख्दै जेसिजका युवाको सामाजिक सक्रियताको प्रशंसा गरेकाछन् ।कार्यक्रममा साविक चित्रवन नगरपालिकामा पर्ने भरतपुर महानगर वडा नम्बर १९ का अध्यक्ष कर्ण बहादुर गुरुङ , २० का वडा अध्यक्ष मणिलाल तामाङ, १७ का ललितमान तामांग , १८ का दिपक लामा, २६ का ज्ञानप्रसाद खनाललाई सम्मान गरीएको छ ।

यस्तै जेसिज समाजसेवी सम्मानबाट त्यस क्षेत्रमा रहेका कलाकार, साहित्यकार, सुरक्षा निकाय, कानुनविदहरुलाई सम्मान गरीएको छ । सम्मानित हुनेमा चनौली इलाका प्रहरी कार्यालयका इन्चार्ज सहायक प्रहरी निरिक्षक भानु आचार्य ,मूर्तीकार लालकाजी लामा,नाट्यकर्मी पुष्प आचार्य, साहित्यकार भगवती अर्याल पाण्डे र कानुनविद चितवनकी पहिलो महिला अधिवक्ता फूलमाया रानाभाट रहेकाछन् ।

सामाजिक अभियानमा युवालाई संलग्न गराउंदै समुन्नत समाज निर्माणमा जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रम संयोजक एवम पूर्व अध्यक्ष सोमप्रसाद भण्डारीले बताए । वि.स. १९९९ स्थापना भएको शारदानगर जेसिजमा हाल १सय एक सदस्य रहेका छन्