अमरापुरीको बाल उदय विधालयले पहिलो पटक भब्य कार्यक्रमका विच नवौं वार्षिकोत्सब मनायो ।

गैँडाकोट, १३ फागुन ।

बाल उदय प्राथामिक विधालय गैँडाकोट–१५ ले नवौं वार्षिकोत्सब तथा अभिभावक दिवश मनाएको छ ।

विक्रम संम्बत २०६६ सालमा स्थापना भएको विधालयले पहिलो पटक भब्य कार्यक्रमका विच नवौं वार्षिकोत्सब मनाएको हो । विपन्न र सुकुम्बासी समुदायको विचमा रहेको विधालयले आर्थिक अभावका कारणले विभिन्न कठिनाई झेल्दैं आएको छ ।

कार्यक्रममा विधालय ब्यबस्थापन समिति अध्यक्ष बुद्धिप्रसाद सापकोटाको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरप्रमुख पौडेलले नगर भित्रका सबै शैक्षिक संस्थालाई समान ब्यबहार गरिने बताउनुभएको छ । कार्यक्रममा गैडाकोट नगरपालिकाका उप–प्रमुख विष्णु कुमारी कंडेलले शिक्षा पाउनु सबै बालबालिकाको अधिकार भएकोले निति निर्माण तहमा सम्बोधन गर्दै जाने बताउनुभएको छ ।

सो अवसरमा जिल्ला समन्वय समिति नवलपुरका सदस्य बद्रि प्रसाद सापकोटा, सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पा०डे, गैँडाकोट–१५ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, नगर कार्यपालिका सदस्य कान्तिमाया पुरी, समाजसेवी गोविन्द तिमिल्सेना, चक्रपाणी खनाल, लाल बहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विधालय ब्यबस्थापन समिति अध्यक्ष बुद्धि प्रसाद सापकोटाले विधालयको अवस्था दयनिय भएकाले सम्बद्ध पक्षले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभएको थियो । सो अवसरमा प्रधानाध्यापक लक्ष्मि कुमारी शर्माले विधालयको विधालयको वार्षिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।

कार्यक्रममा विधालयले संचालन गरेका विभिन्न अतिरिक्त कृयाकलापका उत्कृष्ट विधार्थीलाई पुरस्कृत समेत गरिएको थियो । यस्तै विधालयका विधार्थीहरुले सांस्कृतिक प्रस्तुती द्धारा मनोरञ्जन समेत प्रदान गरेका थिए ।

Promise Education Consultancy