रौतहटका जनताद्वारा ५५ किलो मालाले गरे प्रचण्डलाई सम्मान

रौतहट, १३ फागुन। नेकपा माआृवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रौतहटमा ५५ किलोको मालाले सम्मान गरिएको छ । सडक उद्घाटनका लागि रौतहट पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थानीयले ५५ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्।

रौतहटको गुजरा नगरपालिकाको जंगलसहिया धन्सार सडकखण्डको आज अध्यक्ष प्रचण्डले उद्घाटन गरेका हुन् ।
। प्रचण्डसँग माओवादी नेता तथा पूर्वमन्त्री प्रभु साहलाई समेत स्थानीयले सम्मान गरेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला सडक निर्माणको पहल गरिएकाले स्थानीयले उनलाई ५५ किलोको मालाले स्वागत गरेका हुन् ।

माओवादी नेता साहले आफ्नो विशेष पहलमा जंगलसहिया धन्सार सडक निर्माण गरिएको बताए ।

Promise Education Consultancy