ट्याक्क्टर दुर्घटनामा परि दुई महिलाको मृत्यु

अछाम,१३ फागुन ।  रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्याक्क्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी रहेका छन्। सिलाइकटाइको काममा जाँदा से १ त ३१४८ नं को ट्याक्क्टर दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन्। उनीहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।