जनसम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रचण्डले भने– म चितवनमा अलि धेरै आएको भनी केन्द्रमा गुनासो छ!

चितवन, १३ फागुन । चितवन क्षेत्र नं ३ को जनसम्पर्क कार्यालयको आज उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका ९ हाकिमचोकमा कार्यालयको नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिवन काटेर उद्घाटन गरेका हुन् ।

अध्यक्ष प्रचण्ड यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभासद हनुहुन्छ । कार्यालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताका हरेक गुनासामा हातेमालो गर्दै अगाडी बढ्न कार्यालयको भुमिका महत्वपुर्ण रहने विश्वस गरे।जनतासगँ निरन्तर रुपमा जोडिएर काम गर्न कार्यालयका प्रतिनिधिहरुलाई आग्रह गरे । राष्ट्रिय भुमिकाका कारण सधै चितवनमा बस्न नपाए पनि प्रतिनिधिहरु मार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता व्यक्त गरे ।


उनले भने, “मेरो राष्ट्रिय भूमिकाका कारण निरन्तर म यहाँ निरन्तर रहन नपाए पनि जनताले यो महशुस गरुन्की प्रचण्ड सधै दैनिक रुपमा सगैँ छ, अहिले मत अली धेरै चितवनमा आए भनी केन्द्रमा गुनासो छ, तपाई पत्रकारहरुले पनि हिजो एयरपोटमा यसो भन्छन् नी भनेर प्रश्न गर्नुभयो, हुन त मलाई चुनाव लड्दा  टुरिष्ट उम्मेद्वारको आरोप लाग्यो, अहिले त सधै देखेर नै दिक्क मान्नु भएको होला ।,चितवन जिल्लाम कसरी काम हुन्छ भनेर ,साना देखि ठुला विकास निमार्णको काम राष्ट्र र विश्वले हेरि रहेको बताउदैँ उनले अवसर र जिम्मेवारी दुबै मनन गर्दै समृद्धिको बाटो हिड्ने समय आएको बताए ।

जनताको हरेक सुख दुःखमा सगै सगै हुदै विकास निमार्ण ,सुशासन र समृद्धिको लागि अगाडी बढने उनको भनाई छ ।

Promise Education Consultancy