पुजा बचतको बार्षिकोत्सवमा विद्यार्थीहरुलाई स्टेशनरी

चितवन १३ फागुन । रत्ननगर १ सौराहाचोकमा रहेको पुजा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सातौं बार्षिकोत्सवको अबसरमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुलका सामाग्री सहयोग गरेको छ । सो सहकारीले रत्ननगर ३ बेल्सीमा रहेको श्री आधारभूत विद्यालय पेल्सीका २५ जना विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री सहयोग गरेको सहकारीका प्रबन्धक सुरज लौडारीले जानकारी दिए । सहकारीले सो विद्यायमा रहेको पुस्तकालयका लागि पुस्तक र मार्कर समेत सहयोग गरेको छ । विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष गोविन्द भट्टराई र संस्थाका अध्यक्ष सदानन्द उपाध्यायले विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष उपाध्यायले सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बार्षिकोत्सवको अबसर पारेर विद्यार्थीहरुलाई सहयोग गरिएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य मीना गिरी,वडा नं.३ का सचिव सुरेन्द्र चौधरी,विद्यालयका अध्यक्ष शम्भूभक्त थपलिया,प्रधानाध्यापक शालिकराम ढकाल,सहप्राचार्य कृष्ण पौडेल,सहकारीका शिक्षा समितिका संयोजक रामचन्द्र दुवाडी,सहकारीका कार्यसमिति सदस्य बसन्त देवकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सदानन्द उपाध्यायको अध्यक्षतामा भएको थियो । सो सहकारीले सप्ताहा व्यापी कार्यक्रम गरेर आफ्नो बार्षिकोत्सव मनाईरहेको छ ।