वडाध्यक्षको निधन

संखुवासभा,१३फागुन २०७४ खाँदबारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तोयनाथ ढुंगानाको हृदयाघातबाट निधन भएको छ। खाँदबारीस्थित आफ्नै घरमा बसिरहेका ६५ वर्षीय ढुगानालाई आइतबार बिहान ८ बजे अचानक हृदयाघात भएको हाे। हृदयाघातका कारण तत्काल उनको निधन भएको हो। अरुण नदीस्थित मनकामना क्षेत्रमा आइतबार नै उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ। ढुंगाना एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।