ओढारमा वसेका रुपसिंलाई राहत प्रदान

चितवन, १२ फागुन  । लामो समयदेखी ओढारमा वस्दै आएका राप्ती नगरपालिका १३ का ७६ वर्षिय रुपसिंह चेपाङलाई उद्धार गरि खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ । राप्ती नगरपालिका,समाजसेवी हरि सिलवाल र डाक्टर महाविर पुनले ति चेपाङलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका हुन् ।

राप्ती नगरपालिकाकी मेयर प्रभा वराल र समाजसेवी हरि सिलवालले राहत प्रदान गरेका थिए । रुपसिंह लामो समयदेखी ओढारमा वस्दै आएको समाचार संचार माध्यममा प्रकाशन र प्रकासित भएपछि उनको उद्धार गरि भण्डारा ल्याईएको थियो । भण्डारा स्थित राप्ती नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाको तर्फबाट १ बोरा चामल,४ किलो दाल,२ दर्जन विस्कुट,१ पोका मसला,१ जोर जुत्ता,२ जोर कपडा प्रदान गरिएको छ भने समाजसेजी सिलवाल र पुनबाट ३ वोरा चामल,१ बोरा दाल,२० थान कपडा,१ थान त्रिपाल,१ थान ज्याकेट,एक थान म्याट सहयोग गरिएको छ । उ

द्धार गरिएका रुपसिंह तत्कालका लागि छोरी ज्वाईको घरमा वस्नेछन् भने उनलाई वस्नका लागि डेढ महिना भित्र करिव ५ लाख वरावरको घर निर्माण गरिने चेपाङ अभियन्ता केपी किरण शर्माले जानकारी दिए । घर निर्माणका लागि हाल वेल्जियममा वस्दै आएका कृष्णप्रसाद रेग्मीको सक्रियतामा सो रकम संकलन गरिने छ ।

रुपसिंहका लागि निर्माण गरिने घरको शनिवारनै राप्ती नगरपालिकाकी मेयर प्रभा वराल,उपमेयर इमानसिंह लामाले सयुक्त रुपमा सिलान्यास गरेका छन् ।

Promise Education Consultancy