चितवन यातायात व्यवसायी संघ छहारीको ३४ औँ वार्षिक साधारण सभा गैँडाकोटमा सम्पन्न

आशा खरेल
चितवन,१२ फागुन । चितवन यातायात व्यवसायी संघ छहारीको ३४ औँ वार्षिक साधारण सभा आज गैँडाकोट स्थित श्रीराम पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले २० वर्षे पुराना सवारी साधनमा रोकावट गर्ने भने पनि त्यो कार्यान्वयनमा आउन नसकेको, गाडि भाडाको मूल्य उचित रुपमा निर्धारण हुन नसकेको जस्ता कुराहरु व्यक्त गरेका थिए । २० वर्षदेखिका पुराना सवारी साधनहरु खारेज गर्नु पर्नेमा यदि प्राविधिक रुपमा ३ वर्षमा गाडि बिग्रीयो भने त्यसलाई खारेज गर्नु पर्ने र २० वर्षमात्र नभई यदि गाडिको इन्जिन बनाएर सो गाडि ५० वर्षसम्म चल्छ भने त्यस्ता गाडि चलाउन पाउनु पर्ने व्यवसायीहरुको भनाई थियो ।
यातायात व्यवसायी संघले मुग्लिन–नारायणगढको सडक खण्ड निर्माण कार्यमा ढिलाई हुँदा सम्पूर्ण यात्रुवर्गले सास्ती खेप्नु परेको गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा यातायात महासंघको निति के हो, यसको सिद्धान्त के हो,यसले गर्नु पर्ने कर्तव्य के हो जस्ता कुराहरुमा बिशेष जोड दिएका थिए । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा चितवन माइक्रो मिनिबस तथा टेम्पो व्यवसायी संघका अध्यक्ष खेम आले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदी, महासचिव पूण्यप्रसाद सिटौला, केन्द्रिय कोषाध्यक्ष किरण खड्का,अशोक लेलनका प्रतिनिधि प्रभात विक्रम बिष्ट, नारायणी अञ्चल संयोजक तथा चितवन माइक्रो यातायात संघका अध्यक्ष खड्क बहादुर गुरुङ,नेपाल यातायात व्यवसायी संघका अध्यक्ष चिनी बहादुर बोहरा लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका पदाधिकारी एवं सदस्यहरु तथा व्यवसायी प्रतिनिधि,पर्यवेक्षकहरु लगाएतको उपस्थिति रहेको थियो ।

चितवन यातायात व्यवसायी संघ छहारीका अध्यक्ष वद्रि प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Promise Education Consultancy