चितवनमा हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर¥यालीको भव्य स्वागत, हेरौँ तस्बिर र भिडियो )

चितवन, १२ फागुन । हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर¥यालीको शनिबार चितवनमा विभिन्न भव्य स्वागत गरिएको छ । नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी ¥यालीलाई शनिबार बिहान सौराहामा स्वागत गरिएको हो ।

चितवन अटोमोबाईल डिलर्स एसोसिएसनले आयोजना गरेको स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर नगरपालिका वडा नं. ७ का अध्यक्ष एवं रेवानका केन्द्रीय उपाध्यक्ष राजन भट्ट, एसोसिएसनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, सचिव ईन्द्र रेग्मी लगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाले ¥यालीमा सहभागीहरुलाई खादा र टीका लगाएर स्वागत गरेको थियो । यसैविच देवघाट क्षेत्रमा समेत आजै टोलीलाई देवघाट क्षेत्र विकानस समितिका अध्यक्ष टंकनाथ पौडेलले राम जानकी बालिका आश्रमका बालिकाहरुलाई स्व्ती वाचन गराउदै स्वागत गरेका थिए ।

त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥याली शुक्रबार देखि सुरु भएको थियो । भारतको सिलगुडी हुदैँ नेपालको चितवन सौराहा हुदै फेरि भारत हुदै भुटानको फुङ्गोचोलङ्गिबाट दार्जलिङ्गमा आई ¥याली सकिने नेपाल कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए । भारतको जस्ट स्पोर्टस्को आयोजना तथा नेपालको नेपाल अटो मोबाईल्स एशोसियसनको सहकार्यमा यो त्रिदेशीय मोटर ¥याली हरेक बर्ष गरिदै आएको छ । साढे १६ सय किलोमिटर दुरी हुने प्रतिस्पर्धामा नेपालको ७ टिम सहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन् । जस मध्ये ५ वटा कार चितवनमा सहभागी भएका छन् । ६ दिनसम्म चल्ने अन्र्तराष्ट्रिय स्तरको मोटर ¥याली पहिलो पटक चितवनमा आउने पहल चितवन अटोमोबाईल डिलर्स एसोसिएसनले गरेको कार्यक्रम संयोजक राज पियाले जानकारी दिए ।

ड्राईभ पर्यटन, सडक सुरक्षा तथा जनता–जनताबीचको सम्बन्धको उद्देश्यले ¥याली आयोजना गरिएको बताउँदै आयोजकले ¥याली मोटरिङ्गको अन्र्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाईलको मान्यता प्राप्त नेपालको एकमात्र इभेन्ट भएको चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका कार्यक्रम संयोजक राजन पियाले बताए । नेपाली खेल पर्यटनमा मात्रै नभई व्यवसायिक विकाससगैँ त्रिदेशीय पर्यटन विकासका लागि कार्यक्रम सफल हुने उनको दावी छ । प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख भारतीय रुपैयाँ, दोस्रो हुनेले ७५ हजार भारतीय रुपैयाँ र तेस्रो हुनेले ५० हजार भारतीय रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । ¥यालीका अवसरमा नेपालमा मात्रै उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । नेपाल पर्यटन बोर्डले प्रवद्र्धधन गरेको ¥यालीका लागि जिल्लामा स्थानीय निकायसँग सहयोग र समन्वय गरिएको छ ।