केपी ओली नेतृत्वको सरकारलाई कांग्रेसको काउण्टर, छाँया प्रधानमन्त्री र मन्त्रीहरु बनाउने

काठमाडौं, १२ फागुन ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छाँया सरकार गठन गर्ने निर्णय गरेको छ । जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाँया सरकार गठन गर्ने कांग्रेसले निर्णय गरेको हो ।

सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकमा राम्रो प्रतिपक्षको भूमिकामा बस्नका लागि छाँया सरकारको आवस्यकता भएको सांसदहरुको सुझाव अनुरुप छाँया सरकार बनाउने निर्णय भएको नेता  गगन थापाले बताए । उनले भने,‘हामी पनि छाँया प्रधानमन्त्री बनाउँछौं, सरकारले जति मन्त्रालय बनाउँछ त्यतिनै छाया मन्त्री बनाउँछौं’ थापाले भने,‘सरकारको राम्रा काममा सहयोग गर्छौं नराम्रा काममा खबरदारी गर्छौं ।’
थापाका अनुसार संसदीय दलको नेता नै छाया प्रधानमन्त्री हुनेछन् ।