इच्छाकामना गाउँपालिका स्तरीय शैक्षिक योजना परामर्श भेला सम्पन्न

चितवन, ११ फागुन । इच्छाकामना गाउँपालिका स्तरीय शैक्षिक योजना परामर्श भेला सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाले शिक्षाको कार्यविधि निर्माणका लागि सरोकारवालाहरुसंग  बृहत परामर्श आयोजना गरिएको हो ।

चितवन क्षेत्र न २ का प्रतिनिधि सभा सांसद तथा प्रमुख अतिथि कृष्णभक्त पोखरेलले आफ्नो गाउँ बनाउन सिहदरबारले निर्णय गर्ने नभई आफैले गर्नु पर्ने बताउनुभयो इच्छाकामना गाउँपालिकाको शैक्षिक स्तर बृद्धिका लागि सबैले संकल्प गर्नु पर्नेमा जोड दिनुभयो ।
सासद पोखरेल संविधानले शिक्षा सम्बन्धमा गरेका प्रबन्धका बारेमा जानकारी गराउनुभयो ।

यसैबीच कार्यक्रमका बिशेष अतिथि चितवन क्षेत्र न २ क का प्रदेश सभा सांसद घनश्याम दाहाल अविनासले इच्छाकामना गाउँपालिकाको भौगोलिक विकटताका कारण विद्यालय मर्ज गर्न नहुने बताउनुभयो । विद्यालय मर्ज गर्दा साना बालबालिकाहरु ३/४ घण्टा हिडेर पढ्न जान नसक्दैन जसले गर्दा पहाडका जनता शिक्षबाट बञ्चित हुने बताउनुभयो । एकिकृत नमुना बस्ती नबनाई शिक्षामा विकास नहुने सांसद अविनासको भनाई छ ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मनोज कुमार गैरेले दरबन्दी नपाएका विद्यालयहरुका लागि चैत २८ गते भित्र दरबन्दीको व्यवस्था गरिने बताउनुभयो । अव सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा कक्षा संचालन गर्नु पर्ने दिन आएको बताउनुभयो । अव शिक्षकहरु अंग्रेजी माध्यममा पठनपाठनका लागि तयार हुनु पर्ने बताउदै गैरेले यदी आफु सक्षम नभए जागिर छाड्नु पर्ने बताउनुभयो ।
सफ्लाई साइड फन्डिङबाट डिमान साइड फन्डिङको व्यवस्थामा शिक्षाको जादै गरेको अस्थामा अव शिक्षक आफै सक्षम हुनु पर्ने बताउनुभयो । विद्यालयमा विद्यार्थीको संख्या अनुसार बजेट आउने हुदाँ विद्यार्थी अभिभावकले नपत्याएपछि विद्यालय नचल्ने र शिक्षकहरु हिड्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामना गाउँपालिकामा कस्तो खालको शिक्षाको आवस्यकता छ, शिक्षामा अलिझएका विषयवस्तुहरुलाई अबको दिनमा कार्यन्वयनमा लैजानका निम्ति कस्तो खालको ऐन कानुन कार्यविधि आवस्यकता छ, त्यसका लागि सल्लाह सुझाव लिन परामर्श आयोजना गरिएको बताउनुभयो । अध्यक्ष गुरुङले अर्को चरणमा अझ गहिरो ढंगबाट छलफल गरिने बताउनुभयो ।साथै अध्यक्ष गुरुङले गाउँपालिकामा अब प्राविधिक शिक्षा आवस्यक रहेको बताउनुभयो ।
अधयक्ष गुरुङले अहिले पनि शिक्षकहरु विद्यालयमा नियमित हाजिरी नहुने गरेको निरिक्षणको क्रममा भेटिएको भन्दै आफ्नो कर्तव्य इमान्दारका साथ पालना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकामा रहेका सामुदायिक तथा निजि विद्यालयका प्रधानाध्यापक, विद्यालयका अध्यक्ष श्रोत व्यक्ति विभिन्न क्षेत्रका प्रतिनिधि राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममका सहभागीहरुले लिखित तथा मौखिक दुबै सुझाव दिएका छन् ।

Promise Education Consultancy