केन्द्रीय विभागकी सदस्य धनकुमारीद्वारा एमाले परित्याग

काठमाडौं, ११ फागुन । नेकपा एमाले केन्द्रीय विभागकी सदस्य धनकुमारी सुनारले पार्टी परित्याग गरेको बताएकी छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै नेत्री सुनारले पार्टीले दलाल, पूँजीपति र भ्रष्टलाई संरक्षण गरेको आरोप लगाउँदै एमाले पार्टीसँग सम्बन्ध बिच्छेदको घोषणा गरेकी हुन् ।

नेत्री सुनारले पार्टीमा गैरकम्युनिष्ट चरित्र हावी भएको भन्दै चर्को असन्तुष्टीसमेत व्यक्त गरेकी छन् । विज्ञप्तीमा भनिएको छ, ‘अब सर्वहारा श्रमिक जनता र उत्पीडित समुदायको मुक्ति यस पार्टीबाट सम्भव छैन भन्ने मेरो निष्कर्ष रहेकाले आजैबाट नेकपा एमालेसँग सम्बन्ध बिच्छेद गरेको जानकारी गराउँछु ।’