नेकपा एमालेद्वारा पार्टी कमिटी र भातृ संगठनको अधिवेशन गर्न रोक

काठमाडौं,११ फागुन । नेकपा एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी र भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको हो ।

एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेकोले भोलि सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

Promise Education Consultancy