त्रिदेशीय मोटर ¥याली सिलगुडीबाट सुरु, चितवनका ५ कार सहभागी (भिडियो)

सिलगुडी, ११ फागुन । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥याली सुरु भएको छ ।
सिलगुडीको सिटी सेन्टरमा एक समारोहको विच सिलगुडी प्रहरीका प्रमुख सुनिल कुमार चौधरी र सिलगुडी सिमा सुरक्षा बलका प्रमुख बन्धु पाध्याले हिमालयन ड्राईभको झण्डा तोलन उडाउदै मोटर ¥याली सुरु गरेका थिए ।

भारत सिलगुडीबाट

Publié par Sauraha online sur jeudi 22 février 2018

 

 

 


भारतको सिलगुडी हुदैँ नेपालको चितवन सौराहा हुदै फेरि भारत हुदै भुटानको फुङ्गोचोलङ्गिबाट दार्जलिङ्गमा आई ¥याली सकिने नेपाल कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए ।
भारतको जस्ट स्पोर्टस्को आयोजना तथा नेपालको नेपाल अटो मोबाईल्स एशोसियसनको सहकार्यमा यो त्रिदेशीय मोटर ¥याली हरेक बर्ष गरिदै आएको छ ।
साढे १६ सय किलोमिटर दुरी हुने प्रतिस्पर्धामा नेपालको ७ टिम सहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन् । जस मध्ये ५ वटा कार चितवनमा सहभागी भएका छन् ।


६ दिनसम्म चल्ने अन्र्तराष्ट्रिय स्तरको मोटर ¥याली पहिलो पटक चितवनमा आउने पहल चितवन अटोमोबाईल डिलर्स एसोसिएसनले गरेको हो ।
ड्राईभ पर्यटन, सडक सुरक्षा तथा जनता–जनताबीचको सम्बन्धको उद्देश्यले ¥याली आयोजना गरिएको बताउँदै आयोजकले ¥याली मोटरिङ्गको अन्र्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाईलको मान्यता प्राप्त नेपालको एकमात्र इभेन्ट भएको चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका कार्यक्रम संयोजक राजन पियाले बताए । नेपाली खेल पर्यटनमा मात्रै नभई व्यवसायिक विकाससगैँ त्रिदेशीय पर्यटन विकासका लागि कार्यक्रम सफल हुने उनको दावी छ ।
प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख भारतीय रुपैयाँ, दोस्रो हुनेले ७५ हजार भारतीय रुपैयाँ र तेस्रो हुनेले ५० हजार भारतीय रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
¥यालीका अवसरमा नेपालमा मात्रै उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । नेपाल पर्यटन बोर्डले प्रवद्र्धधन गरेको ¥यालीका लागि जिल्लामा स्थानीय निकायसँग सहयोग र समन्वय गरिएको छ ।

Promise Education Consultancy