ओखलढुंगामा जीप दुर्घटना : चार जनाको मृत्यु

दैलेख, १०  फागुन ।  ओखलढुंगामा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।  दैलेख बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा दुर्घटना भएको हो । लु १ ज ३५३२ नम्बरको जीप दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन ।

मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का ३५ वर्षीय श्रम शाही, महाबु गाउँपालिका ६ की २९ वर्षीया निर्मला शाही र सुर्खेतका तिलक ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा चालकसहित ९ जना सवार रहेका थिए । जीप ब्रेक फेल भए पछि ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।