नयाँ राष्ट्रपति चयनका लागि फागुन २९ गते निर्वाचन

काठमाडौं,१०  फागुन  । नयाँ राष्ट्रपती चयनका लागि फागुन ९ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको हो ।

आयोगले बिहीबार नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम प्रकाशित गरेको हो ।

जसअनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २४ गते हुनेछ ।