रत्ननगरमा दोस्रो ‘फगुवा साँस्कृतिक महोत्सव’ हुने, प्रवेश निःशुल्क

चितवन, १० फागुन । रत्ननगरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ । होली अथार्त फगुवाको दिन पारेर फागुन १७ र १८ गते फगुवा साँस्कृतिक महोत्सव हुन लागेको महोत्सवका संयोजक शरद कुमार चौधरीले जानकारी दिनुभयो ।
प्याराडाईज युवा क्लवले रत्ननगर–७ सिसुवार चौरमा महोत्सव आयोजना गर्न लागेको हो । गतवर्ष देखी सुरुवात भएको यस महोत्सवलाई यस वर्ष विशुद्ध सँस्कृतिमय बनाईने महोत्सवका संयोजक शरद कुमार चौधरीले बताउनुभयो। उहाँले महोत्सवमा थारु समुदायले मनाउने फगुवा (होली)लाई विशेष रुपमा प्रस्तुत गरिने बताउनुभयो ।
प्रवेश निःशुल्क गरिएको महोत्सवमा स्थानीयबासी चर्चित राष्ट्रिय कलाकार मिलन लामा, युवा गायक मनोज महतोलगायतको सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।