वन्यजन्तु अंगका कारोबारी पक्राउ

काठमाडौँ,१० फागुन । रेडपाण्डाको छाला कारोबारमा संलग्न दुई युवक बोद्धमा पक्राउ परेका छन्। अत्तरखेलबाट प्रहरीले संखुवासभाका पेम्वा तामाङ र बाग्लुङका किरण केसीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। थप कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको काठमाडौं प्रहरीले जनाएको छ।