गैँडाकोटमा उप–मेयर कप छात्रा फुटबल प्रतियोगिता हुदैं

गैँडाकोट, १० फागुन ।
गैँडाकोटमा उप–मेयर कप छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गैँडाकोट नगरपालिकाको आयोजनामा आउँदो फागुन १६ गते देखि २४ गतेसम्म प्रतियोगिताको आयोजना हुनलागेको कार्यक्रमका संयोजक एबं गैँडकाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभएको छ ।
महिलाहरुमा खेलको भावना विकास गर्न र छात्र÷ छात्रा विचको विभेद कम गर्दै लाने अभियानमा खेलकुद प्रभावकारी हुने आयोजकको विश्वास छ । प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु सहभागी हुनेछन् । गैँडाकोट स्थित क्षेत्रिय रंगशालामा हुने खेलकुदको संयोजनकारी भुमिका गैँडाकोट खेलकुद विकास समितिले गर्ने जनाईएको छ ।