माओवादी केन्द्रले आजै मन्त्रीको नाम टुङ्ग्याउने,यी हुन् चर्चामा रहेका नेताहरु..

काठमाडौ,१० फागुन । माओवादी केन्द्रले आजै पार्टीका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने तयारी थालेको छ ।

पटक पटक छलफल भए पनि कसलाई पठाउने भन्ने निर्क्योल भैसकेको छैन् । सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रका बीचमा कसले कुन–कुन मन्त्रालय लिने भन्ने समेत टुङ्गिन बाँकी रहेको प्रवक्ता पम्फा भुषालले बताइन ।

उनले आज अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल हुने र मन्त्रालयको भागवण्डा मिले पछि नाम पठाउने बताइन। माओवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा सहभागी हुने बारे छलफल चलिरहेको छ । तर औपचारिक रुपमा निर्णय भैसकेको छैन् उनले भनिन् ।

एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति भएको स्रोतको दावी छ । आज साँझसम्म माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेता मन्त्रीपरिषदमा सहभागी हुने बताइएको छ ।

माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायतको नाम चर्चामा रहेको छ ।

 

Promise Education Consultancy