हुँदैन टासेर देशभक्ति भित्ताको चित्रबाट…

गजल
पटक पटक धोका भएको छ मित्रबाट
त्यसैले त खुसी रहन सकिनँ भित्रबाट
महाज्ञानी पर्दा अगाडि आदर्श छाट्छ
पछाडि पिडित हुनुपर्छ तिनै पवित्रबाट
भगवानको कामको पनि समीक्षा खोइ
कस्तो शिक्षा लिने कृष्णको चरित्रबाट
देश त मुटुमा हुनुपर्छ व्यबहारमा हुनुपर्छ
हुँदैन टासेर देशभक्ति भित्ताको चित्रबाट
राजु आचार्य दीप
चितवन