महालेखा नियन्त्रकको कार्यालयद्वारा सरकारी बाँकी नतिर्ने ११९ को तीनपुस्ते सार्वजनिक

काठमाडौं, १० फागुन।  महालेखा नियन्त्रकको कार्यालयले सरकारी बक्यौता नबुझाउने ११९ जनाको तीनपुस्ते विवरण सार्वजनिक भएको छ ।कार्यालयले ४० वर्ष अघिदेखिएको अर्बौं रुपैयाँ बक्यौता नबुझाउने ११९ जना व्यक्तिको तीनपुस्ते सार्वजनिक गर्दै ३५ दिनभित्र बाँकी रकम नतिरे कारबाही गर्ने भएको हो ।

बक्यौता नबुझाउनेमा पूर्वप्रधानमन्त्रीदेखि सांसद् र व्यापारीका सन्तान, उद्योगी, व्यवसायी र कर्मचारी छन् ।

उनीहरुलाई चिठी लेखेर घरमै पठाउँदा पनि प्रतिक्रिया नआएपछि महालेखाले बुधबार बक्यौता नतिर्नेको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । उनीहरुलाई ३५ दिनभित्र बाँकी रकम अल्मिेटम दिइएको छ ।

महालेखाका अनुसार ११९ जनाको विवरणमा राणा प्रधानमन्त्री भीमशमशेर र पद्यमशमशेरका परिवारसमेत छन् । त्यसैगरी होटल मल्लका तत्कालीन प्रबन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।