आज बोलाइएको कांग्रेसको बैठक स्थगित

काठमाडौं, १०फागुन । आज बस्ने भनिएको नेपाली कांग्रेस सांसदको बैठक स्थगित भएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेर त्यसअघि सांसदको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने र त्यसपछि मात्रै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता शर्माको भनाई छ ।

Promise Education Consultancy