गुञ्जनगर माविको स्वर्ण महोत्सवमा छात्र भलिबल

चितवन, ९ फागुन । भरतपुर महानगरपालिका वडा नं. १८ स्थित गुञ्जनगर माध्यामिक विद्यालयले स्वर्ण महोत्सवको सन्र्दभमा अन्तर मावि छात्र भलिबल प्रतियोगीता आयोजना गरेको छ ।

प्रतियोगिताको बुधवार कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालीका १८ का वडा अध्यक्ष दिपक लामाले सर्भिस गदैं उद्घाटन गरेका हुन् ।
प्रतियोगीताको उद्घाटन खेलमा खेलमा शशिनगर मावि, भिमनगर मावि, शाझापुर मावि, प्याराडाइस ई.बो.स्कुल र सरस्वती मावि, जानकी माविले विजयी सुरुवात गरेको अतिरिक्त कार्यक्रम संयोजक चिरन्जीवी पोखरेलले जानकारी दिए ।
शशीनगर माविले न्यु भिजन एकेडेमीलाई र भिमनगर माविले शारदा माविलाई पराजित गरेको हो ।

यस्तै साझापुर माविले जनप्रिय पब्लिक स्कुललाई, प्याराडाइस ई.बो.स्कुलले आयोजक गुञ्जनगर माविलाई, जानकी माविले युवा माविलाई र सरस्वती माविले जनज्योती माविलाई पराजित गरेका छन् ।
अन्तर मावि छात्र भलिबल प्रतियोगीतामा पश्चिम चितवनका निजी तथा सरकारी १४ वटा बिध्यालयहरुको सहभागिता रहने पोखरेलले बताए ।
उद्घाटन शत्रमा प्रमुख अतिथि वडा अध्यक्ष लामाले खेलले विद्यार्थीको मानसीक र शारीरीक विकासमा टेवा पुग्ने बताए ।
सो विद्यालयका प्रचार्य सुर्यभक्त वाग्लेले स्वर्णमहोत्सवको सन्र्दभमा मैत्रीपुर्ण विभिन्न खेल, अन्तरमावी हाजीरीजवाफ, रक्तदान लगायतका कार्यक्रम आयोजना गर्ने जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समिति बिष्णु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्ण महोत्सव मुल समारोह समिति सहसंयोजक तथा भरतपुर महानगरपालिका वडा नं. १८ का वडा सदस्य जितबाहादुर तामागं, वडा सदस्य बाबुराम राना, आर्थिक उपसमितीका संयोजक कमलनाथ पौडेल, स्मारीका प्रकाशन उपसमिती संयोजक कृष्णहरी अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिय । प्रतियोगिता विहिबार सम्म चल्ने छ ।

Promise Education Consultancy