नवलपरासीको हुप्सेकोट–३ गिरुवारीको पिपुल्स सहकारी संस्थाको अभिमुखिकरण सम्पन्न

 

राजन खरेल

नवलपरासी, ९ फागुन ।  नवलपरासीको हुप्सेकोट–३ गिरुवारी चोकको पिपुल्स वचत तथा ऋण सहकारी संस्थाको अभिमुखिकरण एंव छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ ।


नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय युवा तथा साना ब्यबसायी स्वरोजगार कोषको थोक कर्जा किस्ता वापतको ५० लाख रकम निकासी गरेसंगै सहकारीले बुधबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा युवा स्वरोगजार कोष नवलपरासीका सदस्य सचिव प्रितम कुमार भुजेलको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष अर्जुन पाण्डेको अध्यक्षता रहेको थियो ।

अभिमुखिकरणका क्रममा सदस्य सचिव भुजेलले सहकारीहरुले कसरी युवाहरुलाई स्वरोजगार बनाउने र लगानी भएको रकम कसरी प्रभावकारी बनाउने बारेमा धारणा राख्नुभएको थियो ।

सो अवसरमा संस्थाका पदाधिकारी र कर्मचारीले सदस्य सचिव भुजेलसंग आफ्नो अनुभव र जिज्ञाशा प्रस्तुत गरेका थिए । कार्यक्रम पछि सहभागि संस्थाका पदाधिकारी र कर्मचारीले आफुहरुलाई आगामी दिनमा शेयर सदस्यमैत्री भई अगाडी बढ्न सहायता पुग्ने बताएका थिए ।

 

 

Promise Education Consultancy