ओली र प्रचण्डबीच छलफल जारी,सरकार विस्तारबारे निर्णय गर्ने

काठमाडौं,९ फागुन । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता जारी छ। प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बैठकमा सरकार विस्तारको विषयमा छलफल भइरहेको छ। माओवादी केन्द्रले बुधबार नै सरकारमा जाने निर्णय गरेपछि मन्त्रालयको बाँडफाँडलगायत विषयमा ओली र प्रचण्डबीच छलफल भइरहेको हो। माओवादी केन्द्र सरकारमा कसरको नेतृत्वमा पठाउने भन्ने हालसम्म निर्णय गरिसकेको छैन। बुधबारसम्ममा निर्णय भइसक्ने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनले भनिन्,‘अहिले दुई अध्यक्षबीच छलफल भइरहेको छ।