पत्रकार पाण्डे माथी भएको बम आक्रमणको प्रेस सेन्टरद्वारा भत्र्सना

 

गोरखा ,८ फागुन । बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहान गरेको नेपाल बन्दका क्रममा समाचार संकलन गर्न जादै गर्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ स्थित बिजयपुरमा बम बिस्फोटमा परी गण्डकी टेलिभिजनका पत्रकार श्री धनश्याम पाण्डे घाइते भएकोे प्रति घटनाको प्रेस सेन्टर नेपाल पदेश नम्बर चारले भत्र्सना गरेको छ।

कार्यवाहक अध्यक्ष दिपक जलन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ यस घटना प्रति प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४ को गम्भीर ध्यानकर्षण भएको छ । घटनाले देशमा जनताको लामो त्याग, तपस्य र बलिदानीबाट प्राप्त लोकतन्त्र पछि पनि जनतालाई सुसुचित गराउने पत्रकारहरुको पेशागत सुरक्षाको सवाल अझै गम्भीर बन्दै गएको हामीले महसुस गरेका छौँ । बिस्फोटमा परी घाइते हुनु भएका प्रेस सेन्टर नेपाल कास्कीका सदस्य समेत रहनु भएका पत्रकार पाण्डेको शिघ्र स्वास्थलाभको कामना गर्दै यस्ता खालका अपराधिक घटनामा संलग्न जो सुकैलाई तत्काल पक्राउ गरी कारवाही गर्न र घाइतेको निशुल्क स्वास्थ उपाचारको व्यवस्था गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ ।