नगरपालिकाद्धारा सन्दिप लामिछानेलाई सम्मान

चितवन, ८ फागुन । युवा क्रिकेटर सन्दिप लामिछानेलाई रत्ननगर नगरपालिकाले सम्मान गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सन्दिपलाई सम्मान गरेको हो । सन्दिप रत्ननगर ८ टार निवासी हुन् । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल र रत्ननगर नगरपालिकाका मेयर नारायण वनले दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेका थिए । आईपिएलमा अनुवन्ध भएसंगै सन्दिपको व्यापक चर्चा छ । छोटो समयमा क्रिकेटमा ठुलो सफलता हात पारेर रत्ननगरको मात्रै नभई नेपालकै नाम अन्र्तराष्ट्रियस्तरमा चिनाउन भुमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा साँसद खनालले राजनितिक सक्रमणकाल अन्त्यतिर रहेकाले अव खेल क्षेत्रले ठुलो फड्को मार्ने खनालले विश्वास व्यक्त गरे । सो अवसरमा क्रिकेटर सन्दिप लामिछानेले विभिन्न खेलबाट खेलाडी उत्पादन गराउन सरकारले भुमिका निर्वाह गर्नु पर्ने धारणा राखे । सम्मान कार्यक्रम मेयर नारायण वनको अध्यक्षतामा भएको थियो ।