माओवादी केन्द्रका नेता जनर्दन शर्मा प्रभाकर अस्वस्थ

काठमाडौं,८ फागुन । माओवादी केन्द्रका नेता जनर्दन शर्मा प्रभाकर अस्वस्थ भएका छन् । उनी मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
ब्याक बोनको समस्याको उपचारका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ ।
यसैबीच उनको स्वास्थ अवस्थाबारे जानकारी लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै अस्पताल पुगेका थिए ।