६ जनाको हत्या गरेका नेपाली सिरियल किलर कतारमा पक्राउ

काठमाडौं, ८ फागुन । ६ जनाको हत्या गरेर फरार रहेका नेपाली सिरियल किलर सकिल हुसेन कतारबाट पक्राउ परेका छन् । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका हुसेनलाई कतारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

४२ वर्षका हुसेन सप्तरीका स्थायी बासिन्दा हुन् । इन्टरपोलको रेड कर्नर नोटिसमा समेत उनको नाम थियो ।

कतारमा पक्राउ परेका उनलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

हुसेनले २०६९ देखि २०७० को बीचमा ६ जनाको हत्या गरेका थिए । हुसेनले हुसेनले २०६९ असोज १ गते सप्तरीका सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेका थिए ।

२०७० असोजमा सप्तरीकै दुलारीदेवी साहको हत्या गरेका हुसेनले २०७० १ चैत गते त्रिकोल–५ का जयराम साहकी पत्नी निर्मलादेवी साहको हत्या गरेका थिए ।