ओली–प्रचण्डमाथि बाबुरामको व्यांग्य, भेडा भेडासँग, बाख्रा बाख्रासँग’

 

काठमाडौं, ८ फागुन । कुनै बेला एमाले–माओवादी केन्द्रबीचको वामगठबन्धनसंग एकता गर्न पुगेका नयाँ शक्तिका संयोक डा. बाबुराम भट्टराई एमाले माओवादीको एकतलाई व्यांग्य गरेका छन् । भट्टराईले एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई व्यांग्य गर्दै ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भएको बताएका हुन्।

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गर्ने औपचारीक सहमति भएलगत्तै मंगलबार विहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् भट्टराईले दुई पार्टीबीच औपचारिक एकता प्रक्रिया सुरु भएकोमा शुभकामना दिएका हुन्। उनले यो एकताबाट नेपाली जनतालाई विचार, नीति, कार्यक्रम रकार्यशैली एउटै भएका, तर ब्राण्ड र नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुने भन्दै राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो भएको बताएका छन् ।
बाम गठबन्धन निर्माणसहित पार्टी एकताको निर्णय गर्दा गठबन्धनमा सामेल भई चुनावी सिट बाँडफाँटमा कुरा नमिलेपछि नयाँ शक्ति बाहिरिएका थिए ।

यस्तो छ डा. भट्टराइको ट्वीट
एमाले–माके पार्टी एकता भएकोमा वधाइ तथा शुभकामना१यसले एउटै विचार तर ब्राण्ड मात्रै फरक भएका पार्टीहरूबाट जनतालाई भ्रममुक्त हुन मदतगर्नेछ।साथै उदारवाद र राज्य(समाजवादको विकल्पमा समावेसीरसमानुपातिकरसहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको तेश्रो धार निर्माण गर्न मदतगर्नेंछ।