विप्लवको बम विष्फोट हुदाँ पोखराको विजयपुरमा प्रहरी र पत्रकार घाइते

पोखरा, ८ फागुन । विजयपुरमा बम विष्फोट भएको छ ।  विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो ।

विष्फोटमा एक पत्रकारसहित दुई जना घाइते भएका छन् ।नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

तस्बिर : साभार सुरेन्द्र गुरुङ