भुजेलको घर निर्माणका लागि रेखा तामाङले जुटाइन् ६ लाख

गोरखा,८ फागुन । अपाङ्गता भएका कारण समस्यमा परेका दल बहादुर भुजेलको घर निर्माणका लागि गोरखा नगरपालिका वडा नम्बर एघार १२ किलोकी रेखा तमाङ्गले रु ६ लाख रकम जुटाएकी छिन् ।

उनले गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका दल बहादुर भुजेलको घर निर्माणका सहयोग संकल अभियान चलाएर
रकम संकल गरेकी हुन् ।

रेखाले उनीहरुको अबस्था बुझेपछि सामाजिक सञ्जाल मार्फत तस्वीर र भिडियो सार्बजानिक गरिन् । त्यसपछि उनका साथीहरुले देश विदेशबाट जो सकेको रकम पठाउन थाले ।

भएको घर पनि भुकम्पले भत्काएपछि निकै कष्टकर जिवन बिताईरहेको उनको परिवारलाई भुकम्प प्रतिरोधी अपाङ्गमैत्री घरमा सार्ने अठोटका साथ फर्किएकी तमाङ्गले रकम संकलन सुरु गरिन् ।

प्रमुख जिल्ला अधिकारीलाई संरक्षक राखेर राष्ट्रिय वाणिज्य बैङ्कका खाता समेत खोलेकी उनले त्यहाँ संकलन भएको ५ लाख ९९ हजार ८२९ रुपयाँ गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना, वडा नबराज श्रेष्ठ र भुजेलका छिमेकीहरु समेतको उपस्थितीमा सोमबार उक्त रकमको चेक समेत हस्तान्तरण गरेको उनले बताईन् ।
उक्त परिवारको लागि ४ कोठे पक्की घर निर्माण गरिदिने उनको योजना छ ।

हाल सम्म जम्मा भएको रकम, दलबहादुरले भुकम्पको लाभग्राही भएबापत पाउने ३ लाख अनुदान समेत समेटेर १० लाख लागतमा घर बनाउने तमाङ्गको लक्ष्य छ । यदी रकम बाँकी रहे उनीहरुको भरणपोषणका लागि कोष बनाएर राखिदिने उनले बताइन् ।

८९ वर्षका दलबहादुर उनका छोराछोरीहरु, देवी, चङ्ख र रामबहादुर गरी ४ जनाको परिवारमा सबै शारिरीक रुपमा अशक्त अवस्थामा छन् ।