देउवा सरकारको निर्णय उल्टाउन सुरु , राष्ट्रियसभा सदस्यमा नयाँ नाम सिफारिस

काठमाडौं, ८ फागुन।  ओली नेतृत्वको सरकारले देउवा सरकारले गरेको निर्णय उल्टाएको छ । राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले सिफारिस गरेको निर्णय उल्टाउँदै नयाँ नाम सिफारिस गरेको हो ।

मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिमला  पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकारले गरेका गलत निर्णय उल्टाइदिने बताउँदै आएका थिए ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना गरी ५९ सदस्य रहनेछन्।