चितवनमा बन्दको प्रभाव कम, हेरौँ ४ फोटो

चितवन, ८ फागुन । चितवनमा वन्द प्रभाव सामन्य देखिएको छ । जिल्ला सदमुकाम भरतपुरमा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले बताएको छ । भरतपुर भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको भन्दा कम चलेको जनाएको छ ।


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आजका लागि बन्द आह्वान गरेपनि यसको प्रभाव कम देखिएको हो ।

बिहानैदेखि सवारीको चापाचाप हुने भरतपुरका सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् । भने शैक्षिक संस्था कलकारखाना र बजार भने बन्द रहेको छ ।                                                                                                                             फोटो : लेखराम सापकोटा

Promise Education Consultancy