जीप दुर्घटनामा २ जनाको मृत्यु

बाजुरा,८ फागुन ।  बाजुराको बडिमालिका नगरपालिका ८ मा हिजो बेलुकी पौने ८ बजे से १ ज ९४० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा हुम्लाको ओदानचुली गाउँपालिका ३ का ४० वर्षीय बल बहादुर बुढा र मुगुको खतिवडा गाउँपालिका ८ का ४५ वर्षीय काली बहादुर राउतको मृत्यु भएको हो ।

बुढाको घटनास्थल मै र राउतको उपचारको क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको छ ।