किन पुगे फरार नवराज सिलवाल बालुवाटारमा प्रहरीको धज्जी उडाउदै ?

चितवन, ०८ फागुन । प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल बालुवाटारमा
काठमाडौं । प्रहरीले खोजी सूचीमा राखेका पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाल बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका नेताहरुसँग उनी बालुवाटारमा पुगेको स्रोतले जानकारी दिएको छ । कार्य सम्पादन मूल्यांकन किर्ते मुद्दामा उनलाई प्रहरीले खोजी जारी राखेको छ ।

प्रहरीले उनलाई सोधपुछका लागि बोलाएपछि उनी सम्पर्कविहीन भएका थिए । काठमाडौं प्रहरी परिसरले उनलाई बयानका लागि पत्राचार गरेपछि उनी मलेसिया जाने बहानामा सम्पर्कमा आएका थिएनन् ।

उनलाई खोजी गर्दा पनि फेला नपारेपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिसकेको छ । उनी सोमबार नेकपा एमाले र माओवादीको एकता संयोजन समितिको बैठक चलिरहेकै बेला बालुवाटार पुगेको स्रोतले जानकारी दियो ।

Promise Education Consultancy