राशिफल : फागुन ८ यस्तो होला तपाईको भाग्य ?

चितवन, ०८ फागुन । यस्तो छ आजको राशि, मिथुन र तुला सहज, २०७४, फाल्गुन ८ गते मंगलबार, फाल्गुन शुक्ल पञ्चमी, रेवती नक्षत्र, शुभयोग, मीन/मेषमा चन्द्रमा …
मेष : दिन अनुकूल छ । भाग्यवर्धक काम गरिनेछ । पढाइ लेखाइले पनि गति लिनेछ । आत्मबल बढ्नेछ ।
वृष : दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । स्वास्थ्यमा सचेत रहनु बेस हुनेछ । काममा सावधानीको आवश्यकता रहनेछ ।
मिथुन : दिन उत्तम छ । आम्दानी प्रशस्त हुनेछ । निर्णय क्षमता बढ्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ ।
कर्कट : दिन राम्रो छ । जागिरको अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ ।
सिंह : दिन उत्तम छ । आध्यात्मिक क्षेत्रमा निकै रुचि बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । स्वास्थ्य तन्दुरुस्त रहनेछ ।
कन्या : दिन प्रतिकूल छ । व्यवहारिक तथा आर्थिक समस्याले पिरोल्नेछ । हरेक काममा सावधानीको खाँचो रहनेछ ।
तुला : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अरूबाट सहयोग पाइनेछ ।
वृश्चिक : दिन राम्रो छ । आटे ताकेको काम बन्नेछ । शुभ कुराको सङ्गेत मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।
धनु : दिन उचित छ । निर्णय क्षमता बढ्नेछ । चिन्ता कम हुनेछ । बौद्धिक काम गरिनेछ । मनोबल बढ्नेछ । शरीर स्वस्थ रहनेछ ।
मकर : दिन प्रतिकूल छ । शरीरमा सामान्य चोटपटक लाग्नसक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।
कुम्भ : दिन सार्थक छ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । धार्मिक काम गरिनेछ ।
मीन : दिन उत्तम खालको छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ ।