दृष्टिबिहिनलाई लायन्स क्लबको सहयोग

 

आशा खरेल

चितवन, ०८ फागुन । लायन्स क्लब अफ चितवन सिटि मर्सि नारायणगढ चितवनले नारायणी नमुना उच्च माध्यामिक विद्यालयमा अध्यनरत दृष्टिबिहिन बालबालिकाहरुलाई आकपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रजातन्त्र दिबसको अबसर पारेर मर्सिका सम्पूर्ण पदाधिकारीहरु मिलेर सहयोग गरेको हो ।
विद्यालयमा रहेका २९ जना दृष्टिबिहिन बालबालिकाहरुलाई जाडोको लागि हुट बितरण गरिएको छ ।
मर्सिका सदस्य कल्पना श्रेष्ठकि छोरी करुणा श्रेष्ठले तिन हजार,लायन्स क्लब अफ चितवन सिटिका सदस्य बिक्रम के।सीले तिन हजार,मर्सिका संयोजक सुमित्रा बराल लोहनीले तिन हजार मर्सिका सदस्य पानु शाहिले आफ्नो छोरी सृष्टि शाहिको आज परेको जन्मदिनको अबसरमा तिन हजार लक्ष्मी लामिछाने तिन हजार र संगिता अधिकारीको छोरा सुजल अधिकारीले दुई हजार यसै विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो ।
उतm कार्यक्रमको प्रमुख अतिथि नेपाल हृदय रोग निवारण प्रतिष्ठान शाखा चितवनका अध्यक्ष तथा उधोग वाणिज्य सङघ चितवनका तृतिय उपाध्यक्ष्य भोजराज कौडेलले नारायणी नमुना उच्च माध्यामिक विद्यालय उत्कृष्ट बिधालयको रुपमा पुरस्कृत भएर चितवनलाई चिनाउन सफल भएकोमा धन्यवाद ब्यक्तm गर्नुभएको थियो ।
सो कार्यक्रममा लायन्स क्लव अफ चितवन सिटिका संस्थापक अध्यक्ष माधव प्रसाद पौडेल, लायन्स क्लव अफ चितवनसिटिका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, लायन्स क्लव अफ चितवन सिटिका प्रथम उपाध्यक्ष युवराज सुबेदी, क्लवका सहकोषाध्यक्ष सुमित्रा बराल लोहनी, नारायणी नमुना माविका व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा, प्राचार्य पुर्ण प्रसाद दुवाडी, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम मर्सिकि सचिव कमला श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

यस्तै आमाको माया छात्राबास भरतपुर महमनगरपालिका १२ नवरत्न टोलमा रहेका १९ जना असहाय बालबालिकाहरुलाई कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लव अफ चितवन सिटि मर्सिका लक्ष्मी पन्त ढकालले स्वागत मन्तब्य रख्निुभएको थियो, मर्सिका संयोजक मेनुका चापाँगाई कार्पीले दुई हजार पाँच सय एक छाक खानाको लागि र बिशेष सहयोग काठमाडौबाट सन्तोष गोपाल श्रेष्ठ र दिवासी ट्रेडस नारायणगढले गरेको थियो ।
आमाको माया छात्रबासकी अध्यक्ष कृष्णकुमारी गिरिलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष लक्ष्मी रिमाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Promise Education Consultancy