थारु संग्रहालयमा ४८ वटा एतिहासिक फोटो राखियो

चितवन, ८ फागुन । रत्ननगर ६ बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा सय बर्ष पुराना एतिहासिक फोटो राखिएको छ ।
संग्रहालयमा नेपाल पर्यटन बोर्डको सहयोगमा ४८ वटा १०६ बर्ष पुरानो फोटोहरु राखिएको हो ।
१०६ बर्ष पहिले व्रिटिस तथा राणकालीन राजाहरुले चितवनको जंगलमा सिकार गरेको,मलेरिया उल्मुलन हुनु अघिको चितवनको अबस्था र उल्मुलन भएपछि पहाडबाट तराई झरेका समुदायको चित्रण गरिएका एतिहासिक फोटोहरु संग्रहालयमा राखिएको संग्रहालयका अध्यक्ष बीरेन्द्र महतोले जानकारी दिए ।
दीर्घमान फाउण्डेशनका किरण चित्रकार र अष्टेलियन राष्ट्रिय विश्व विद्यालयले उपलब्ध गराएका ४८ वटा एतिहासिक महत्वका फोटोहरु संग्रहालयमा राखिएको उनले बताए ।
आज एक औपचारिक कार्यक्रमको आयोजना गरी संग्रहालयमा एतिहासिक फोटो राखिएको हो । कार्यक्रका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले संग्रहालयमा फोटो संग्रहित भएको घोषणा गरेका थिए । सो अबसरमा उनले एतिहासिककाल खण्डका फोटोहरुले संग्रहालयलाई विशिष्ट महत्वको बनाउन सफल भएको बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा हरियाली युवा क्वल बछौलीले २०५८ सालमा सो संग्रहालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । सो संग्रहालयमा थारु संस्कृति, भेषभूषा, रितिरिवाज संगै थारु समुदायले प्रयोग गर्ने सामाग्रीहरु संग्रहित गरिएको छ ।
संग्रहालयका अध्यक्ष बीरेन्द्र महतोको अध्यक्षतामा भएको एतिहासिक फोटो संग्रहित कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष बलराम दाहाल,वडा नंं.७ का वडा अध्यक्ष राजन भट्ट,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेब ढुंगाना, अमेरिकी अनुसन्धनकर्ता टम रोबटशनले, संग्रहालयका सल्लाहाकार सत्यनारायण चौधरी, संग्रहालयका संरक्षक बासुदेब चौधरी, उपाध्यक्ष पूर्णप्रसाद चौधरी लगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy