हंङ्गकङ्ग चितवन संपर्क मञ्चको सहयोग

रामशरण गैरे
चितवन, ६ फागुन । रत्ननगर नगरपालिका वडा नं. १६ निवासी दुबै हात खुट्टा नचल्ने २१ वर्षिय अपांग भरत गुरुङ्गलाई चितवन हंङ्गकङ्ग सम्पर्क समाज र चितवन समाज हंङ्गकङ्गले संयुक्त रुपमा आइतबार एक समारोहका बिच रु. १ लाख ४० हजार ७ सय सहयोग हस्तान्तरण गरेका छन ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै चितवन हंङ्गकङ्ग सम्पर्क समाजका अध्यक्ष समेत रहेका नेपाली कांग्रेस तितवनका पुर्व सभापती टेकप्रसाद गुरुगंले बिदेसमा रहेर पसिना बगाउने सहयोगी हातहरुले गाँस काटेर पठाइ गरीब, जेहेन्दार तथा अपांग बिध्यार्थीहरुलाई सहयोग गरेकोमा खुसी प्रकट गर्दै सहयोग निरन्तर रहने बतायका छन ।
कार्यक्रममा चितवन समाज हंङ्गकङ्गका सचिब गञ्जमान घलेर्, चितवन हंङ्गकङ्गसंपर्क समाजका उपाध्यक्ष दलबाहादुर गुरुङ्ग, सचिब बिष्णु ढकाल ,सदस्य भिमबाहादुर गुरुङ्ग स्थानिय महिला नेतृ शुसिला उप्रेती, कृष्ण प्रसाद पाण्डे लगायतले मन्तब्य ब्यक्त गरेका थिय ।
स्थानिय जनजागृत मा.बी मा कक्षा ११ मा अध्ययनरत दुबै हात खुट्टा नचल्ने २१ वर्षिय अपांग भरत गुरुङ्गलाई कक्षा ११ र १२ मा पढने सम्पुर्ण खर्च ब्योहोर्दै चितवन हंङ्गकङ्ग सम्पर्क समाज र चितवन समाज हंङ्गकङ्गले संयुक्त रुपमा सो सहयोग रकम हस्तान्तरण गरेका हुन ।