महिलाहरूले कानेखुसी गर्नुको कारण यस्तो रहेछ !

केटाहरुका लागि एउटा जिज्ञासाको विषय हो केटीहरु किन बढी कानेखुसी गर्छन । केटीहरूले एक(आपसमा कानेखुसी गर्दा खुल्दुलीले उनीहरुलाई सताइरहेको हुन्छ ।

एक(अर्काको कानमा मधुरो स्वरले फुसफुस गर्छन् रु के विषयमा उनीहरु त्यसरी फुसफुसाउँछन्रु

महिलाहरुको यो बानी बुझ्न अमेरिकाको ओटावा युनिभर्सिटीले गरेको एक अध्ययनको रिपोर्ट हालै सार्वजनिक भएको छ । महिलाको ‘गसिप’ को विषयमा गरिएको सो अध्ययनमा धेरै रोचक कुरा पत्ता लागेको छ।

अनुसन्धानले जनाएअनुसार महिलाहरु पुरुषको ध्यान आफूतर्फ केन्द्रित गर्न आफ्नो प्रतिद्वन्दी महिला विरुद्ध ‘गसिप’ गरिरहेका हुन्छन् । शोधका क्रममा महिला र पुरुषको कुराकानीको विषय अलग–अलग हुनुको कारण पनि खोजिएको थियो।

त्यसो त महिला मात्र होइन, पुरुषलाई पनि उत्तिकै गफ गर्नुपर्छ । महिलाहरु अर्को महिलाको रुपरङको विषयमा कुरा गर्न बढी रुचाउँछन् भने पुरुषहरु अन्य पुरुषको उपलब्धि, सफलता र सम्पत्तिबारे चर्चा गरिरहेका हुन्छन्।

यो अध्ययन २ सय ९० छात्रामाथि गरिएको थियो, जसमा १७ देखि ३० वर्षसम्मका विद्यार्थी समावेश थिए । अध्ययनले ‘गसिप’ बाट शरीरमा उत्पन्न हुने हर्मोनको विषयमा पनि केही तथ्य उजागर गरेको छ।

‘गसिप’ गर्दा महिलाको दिमागमा ‘अक्सिटोसिन’ हर्मोन परिचालन हुने, जसले गफ चुट्ने व्यक्तिलाई छिटै नजिक्याउने बताइएको छ । अध्ययनले पुरुषको तुलनामा महिलाहरु कुराकानी गर्न बढी इच्छुक देखिने बताएको छ । महिलाहरु गफ गर्दा बढी आनन्दित हुने पनि बताइएको छ । अध्ययनका अनुसार, महिलाहरु आफूले प्रतिद्वन्द्वी ठानेका महिलाबारे बढीभन्दा बढी जानकारी लिने कोसिस गर्छन्।- एजेन्सी