मन्त्री नबनाएको झोंकमा सांसदले दिए राजिनामा

सुर्खेत, ७ फागुन।पूर्व सममति अनुसार मन्त्री नबनाएको झोंकमा प्रदेश सभाका एक सांसदले सभामुखलाई राजीनामा दिएर जिल्ला हिडेका छन् ।

मुगुका सांसद चन्द्रबहादुर शाहीले  मन्त्री नबनाइएको भन्दै उनले राजीनामा दिएका एमालेका सांसद अमरबहादुर थापाले लोकान्तरलाई जानकारी दिए ।

मुगुका सांसद चन्द्रबहादुर शाहीले बाँकेको कोहलपुरबाट प्रदेशका सभामुखलाई राजीनामा पत्र पठाएका छन् । शुरुमा आफूलाई सभामुख बनाउने आश्वासन दिइएको उनले दावी गरेका छन् । तर दैलेखका सांसद राजबहादुर शाहीलाई सभामुख बनाइएपछि उनी रूष्ट भएका थिए ।

संस्थापन पक्षले आफूहरुलाई कर्नरमा पारेको उनले दावी गरेका छन् ।

प्रदेश सभाका ४ मन्त्री मध्ये तीन मन्त्रीअध्यक्ष केपी ओली र १ मात्र माधवकुमार नेपाल पक्षले पाएको छ । सभामुखसंग फोनमा सम्पर्क नभएपनि चिठ्ठी मार्फत उनले राजीनामा बुझाएका हुन् । सभामुख शाहीले भने आफूलार्इ चन्द्रबहादुर शाहीले राजीनामा नदिएको बताएका छन् ।