वीरगंज राजधानीको विषयमा प्रदेश सरकारसंग वार्ता हुने

वीरगंज ७ फागुन ।  वीरगंज प्रदेश नं २ को प्रादेशिक राजाधानीको विषयमा वीरगंजमा चलिरहेको आन्दोलनलाई समाधान गर्न प्रदेश सरकारले पहल थालेको छ ।प्रदेश सरकारले अनशनरत पक्षसंग वार्ता गरी समस्या समाधानको पहल गर्न भौत्तिक पुर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनारलाई जिम्मेवारी दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश नं २ जनकपुरले फागुन ७ गते आजैको मितिमा पत्र लेख्दै मन्त्री सोनारलाई जिम्मेवारी दिएको जनाएको छ ।मुख्यमन्त्री लालबाबु राउतले पत्रमा लेखेका छन् ,‘प्रदेश राजधानी माग गर्दै वीरगंजमा जारी आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने भएकोले प्रदेश सरकारको तर्फबाट वार्ता गरी समस्या समाधान गर्ने जिम्मेवारी यहाँलाई जानकारी गराउँदछु ।’ यसैवीच प्रदेश सरकारले वीरगंज राजधानी संघर्ष समितिलाई वार्तामा आउन आह्वान समेत गरेको जनाएको छ ।प्रदेश नं २ का सचिव हरिप्रसाद फूयालले संघर्ष समितिलाई पत्राचार गर्दै वार्तामा आउन अह्वान गरेको हो ।

Promise Education Consultancy