मुहारमा खुशीयाली ल्याउने महा-अभियान सुरु: प्रधानमन्त्री ओली

काठमाडौं,७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उद्घोष गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अव जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु हुने उद्घोष गर्दै यसका लागि शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको आव्हान गरे ।

Promise Education Consultancy