राष्ट्रपति भण्डारीद्वारा फागुन २१ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम फागुन २१ गते सोमबारका लागि बैठक आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कूल प्रसाद चूडालका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दिउँसो ४ बजे बैठक बस्नेछ ।